newskoseli.Com

आनीमाथि अनुसन्धान : भित्र्याइन् स्रोत नखुलेको रकम, आकर्षित भयो सम्पत्ति शुद्धीकरण

स्रोत नखुलेको रकम पटक–पटक नेपाल भित्र्याएपछि गायिका आनी छ्योइङ डोल्माको खाता रोक्का गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु भएको छ । तर, उनको रोक्का रकम खुला गरिदिन प्रधानमन्त्रीकै सचिवालयले चर्को दबाब दिइरहेको स्रोतको दाबी छ ।

‘फूलको आँखामा फूलै संसार…’ गीतबाट चर्चित बनेकी आनीले स्रोत नखुलाई हङकङबाट १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर (हालको विनियम दरअनुसार १८ करोड ३१ लाख ४३ हजार ३ सय ४० रुपैयाँ) नेपाल भित्र्याएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले अनुसन्धान थालेको खबर कृष्ण आचार्यको बाइलाइनमा मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर