newskoseli.Com

४४ अङ्कले घट्दै बजेटपछि निरन्तर झर्‍यो शेयर बजार (यस्तो छ साताभरको विवरण)

आगामी आर्थिक वर्षको बजेटमा धितोपत्र बजारप्रति सकारात्मक सोचका साथ सरकारले नीति तथा कार्यक्रम समावेश गरे पनि त्यसको प्रभाव परेको छैन । १५ जेठमा आगामी आवको बजेट सार्वजनिक भएपछि शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक ४४.३२ विन्दुले ओरालो लागेको छ ।

बजेटपछि बजार ९ दिन खुला रह्यो । बजेटले केही नीतिगत व्यवस्था गरे पनि बजार भने निरन्तर ओरालो लागेको छ । यो साता पनि बजारको मापक सूचक ओरालो लागेरै बन्द भएको छ । केही कम्पनीको शेयर भने निरन्तर वृद्धि भइरहेको छ ।

बिहीबार अर्थात् जेठ २३ मा १ हजार २ सय ८४.५९ अङ्कमा रहेको नेप्से परिसूचक साताको अन्तिम दिन २.९२ बिन्दुले घटेर १ हजार २ सय ६९.५५ विन्दुमा झरेको छ । अघिल्लो बिहीबारदेखि यो बिहीबारसम्म बजार १५.०४ विन्दुले घटेको छ । आइतबार काठमाडौं उपत्यकमा सार्वजनिक बिदा परेका कारण शेयर बजार बन्द रह्यो । सोमबार खुलेको बजारमा कारोबार मापक नेप्से परिसूचक ८.७८ अंकले घट्यो ।

उक्त दिन विकास बैंक, उत्पादन तथा प्रशोधन र सामूहिक लगानी कोष उपसमूहमा सामान्य सुधार आए पनि बाँकी सूचक ओरालो लागेका थिए । कूल १ सय ७३ वटा कम्पनीको १८ लाख ५९ हजार २ सय ४८ कित्ता शेयर ५८ करोड ८८ लाख २२ हजार ६ सय २५ रुपैयाँमा खरिद–बिक्री भए ।

मंगलबार कारोबार मापक नेप्से परिसूचक ०.१७ बिन्दुले बढेर १ हजार २ सय ७५.९८ अङ्कमा थामियो । सो दिन कूल १ सय ७४ कम्पनीका १५ लाख ९ हजार ८ सय ८५ कित्ता शेयर ४८ करोड ८ लाख ७६ हजार ९ सय ८६ मा खरिद–बिक्री भए ।

बुधबार पुनः कारोबार मापक नेप्से परिसूचक ३.५० विन्दुले घटेर १ हजार २ सय ७२.४८ अङ्कमा पुग्यो । कूल १ सय ७४ कम्पनीका १८ लाख ७१ हजार ८ सय ९ कित्ता शेयर ५० करोड २६ लाख ८२ हजार ८ सय ८१ रुपैयाँमा खरिद–बिक्री भए । कारोबार भएका १२ उपसमूहमध्ये ३ उपसमूहको मात्रै शेयर बढ्यो ।

बिहीबार पनि बजारले ओरालोको यात्रा तय गर्‍यो । उक्त दिन नेप्से परिसूचक २.९२ बिन्दुले घटेर १ हजार २ सय ६९.५५ बिन्दुमा झरी बजार बन्द भयो । कूल १ सय ७० कम्पनीको १४ लाख २३ हजार ६ सय ८७ कित्ता शेयर ४५ करोड ६५ लाख ६ हजार ९ सय ४५ रुपैयाँमा खरिद–बिक्री भए ।

यो साता स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ६ लाख १८ हजार ६ सय १० कित्ता साधारण शेयर, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको ५२ हजार ६ सय ४० कित्ता शेयर लाभांश र युनियन हाइड्रो पावरको कूल ७५ लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर