newskoseli.Com

कविताः गुडमर्निङ प्रिय बिहान !

 

म सबेरै उठ्छु
किनकि मलाई
प्रिय घाम नउदाउँदै
उनको स्वागत गर्नु छ
म सबेरै उठ्छु
किनकि मलाई
मायालू तारा नअस्ताउँदै
उनीहरुको बिदाइ गर्नु छ ।

 

म सखारै उठ्छु
किनकि मलाई माया गर्नेहरु
मेरो पर्खाइमा छन्
म बिहानीपख
सबेरै उठ्छु किनकि
मैले श्रद्धा गर्ने मनवीर दाइका लागि
अञ्जुलीभरि उज्यालो लिएर पर्खिनु छ ।

म उज्यालो नहुँदै उठ्नु छ
र, अँध्यारो छाएपछि पनि सुत्नु छैन
म जागा रहनु छ
कतै उज्यालोमा लेखिएको सत्य
अँध्यारोमा नमेटियोस्
मलाई अँध्यारो कालभरि साथ दिने
मेरो प्रिय जून
मैले आँखा झिमिक्क गर्दा
कतै नचोरियोस्

गुडमर्निङ प्रिय बिहान
शुभप्रभात
प्रिय समय ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर