newskoseli.Com

एसईईको रिजल्ट असार १० देखि १४ भित्र

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ ।

गत वर्ष असार ९ मा नतिजा प्रकाशित भएको थियो । यस वर्ष भने प्रदेश– २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नु परेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन ढिलो हुने भएको बोर्डले जनाएको छ ।

देशभरका उत्तरपुस्तिका परीक्षण सम्पन्न गरेर नम्बर इन्ट्रीको काम भैरहेको जानकारी दिँदै ढिलोमा असार दोस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने लक्ष्य लिइएको बोर्डका परीक्षा उपनियन्त्रक चेतनाथ शर्माले बताए । यस वर्ष चैत १० देखि सुरु भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । छिटोमा असार १० र ढिलोमा असार १४ सम्म नतिजा सार्वजनिक गर्ने गरी परीक्षा बोर्डले काम गरिरहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर