newskoseli.Com

अब पाइपबाटै नेपालमा पेट्रोल आउँदै…

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आईओसी) का प्राविधिकले मंगलबार पाइपमा पानी पठाएर गरेको परीक्षण पनि सफल भएको छ ।

आयल निगम रक्सौल–अमलेखगञ्ज पाइपलाइन परियोजनाका प्रबन्धक प्रदीप यादवका अनुसार पाइपमा पानीको प्रेसर पठाएर गरिएको परीक्षण सफल भएको हो ।

पाइप फुट्ने जोखिम भएकाले गुणस्तर परीक्षण गर्न प्रेसर जाँच गरिएको हो । हालसम्म भारतबाट नेपालमा ट्यांकरमार्फत पेट्रोलियम पदार्थ ढुवानी भइरहेको अवस्थामा अब भने पाइपबाट पेट्रोलियम पदार्थ ल्याउने तयारी अन्तिम चरणमा पुगेको खबर दिलिप पौडेलको बाइलाइनमा बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर