newskoseli.Com

सिसा फुट्दा मेयरले खाइदिए ३० लाख : क्षतिपूर्तिका नाममा यो हदको दुरुपयोग !

बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीलाई क्षतिपूर्ति दिलाउने नाममा सरकारले आर्थिक दुरुपयोग गरेको छ । स्थानीयको आन्दोलनका क्रममा १० कात्तिक, ०७४ मा घर र सवारी साधनमा भएको क्षति नगरपालिका र बीमाबाट पूर्ति गरिसकेका मेयरलाई २० र २३ को मन्त्रिपरिषद् निर्णयबाट ३० लाख रूपैयाँ दिइएको छ ।

साथीको घरमा खेल्न गएका अर्जुनधारा– ११ का बालक लक्ष्मण शिवाकोटी नजिकैको पोखरीमा मृत भेटिएपछि हत्याको आरोपमा स्थानीय आन्दोलित भएका थिए । आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर अर्जुनधारा– ५ का ३२ वर्षीय नरेश थापाको पनि मृत्यु भएको थियो । घटनाले गम्भीर मोड लिँदा समेत मौन बसेको भन्दै १० कात्तिकको विरोध र्‍यालीमा स्थानीयले मेयरको शनिश्चरेस्थित साढे दुईतले घरमा ढुंगा प्रहार गरेका थिए ।

त्यस क्रममा झ्यालका केही सिसा फुटेका थिए भने नगरपालिकाबाट लिएको मे १ झ १२१ नम्बरको गाडी र बा १० च ३०६१ नम्बरको निजी कारमा पनि सामान्य क्षति पुगेको थियो । उनका छोरा नेपालरत्न शिवाकोटीको मे ७ प ३००० नम्बरको बुलेट मोटरसाइकल भने आन्दोलनकारीले जलाइदिएको खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर