newskoseli.Com

मेयरको ‘द्रब्यमोह’ : बीमाबाट गाडी र घरको क्षतिपूर्ति लिएर सरकारसँग फेरि मागे पैसा

एनएलजी इन्स्योरेन्स बिर्तामोड शाखा भन्छ– ‘मेयरसा’पदृ घरको ४ लाख १७ हजार र गाडीको २ लाख १८ हजार ९ सय ८३ गरी ६ लाख ३५ हजार ९ सय ८३ रुपैयाँ लगिसक्नुभयो ।’

स्थानीयको आन्दोलनका क्रममा घर र गाडीमा क्षति भएको भन्दै सरकारबाट ३० लाख रुपैयाँ क्षतिपूर्ति लिएका बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले एक वर्षअघि नै दुवैको बीमा रकम लिएको खुलासा भएको छ । २२ असार, ०७५ मा एनएलजी इन्स्योरेन्सको बिर्तामोड शाखाबाट उनले घरको ४ लाख १७ हजार र गाडीको २ लाख १८ हजार ९ सय ८३ गरी ६ लाख ३५ हजार ९ सय ८३ रुपैयाँ लिएका हुन् ।

‘मेयर सा’पले १३ कात्तिक, ०७४ मा घरको र १४ कात्तिकमा गाडीको बीमा रकमका लागि हाम्रो बिर्तामोड शाखामा निवेदन हाल्नुभएको थियो । २२ असार ०७५, मा दुवैको क्षतिवापतको रकम भुक्तानी दिइएको छ,’ एनएलजी इन्स्योरेन्सका एक कर्मचारीले भने– ‘घरको ४ लाख १७ हजार र गाडीको २ लाख १८ हजार ९ सय ८३ गरी जम्मा ६ लाख ३५ हजार ९ सय ८३ रुपैयाँ भुक्तानी दिइएको छ ।’

इन्स्योरेन्स कम्पनीमा भएको रेकर्ड अनुसार गाडी मेयर शिवाकोटीकै नाममा र घर श्रीमती विद्या बस्नेतको नाममा छ । गाडीको बीमा रकम मेयर शिवाकोटीको नाममा भुक्तानी दिएको र घरको भने सिंहबाहिनी टी स्टेट प्रालिको नाममा चेक बनाएर दिइएको इन्स्योरेन्सका कर्मचारीले बताए । सिंहबाहिनी टी स्टेट मेयरकै फर्म भएको खबर लक्ष्मी काफ्लेको बाइलाइनमा मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर