newskoseli.Com

गुठी जग्गामा ‘छायाँ सेन्टर’ : ‘पावरफुल’ लगानीकर्तासामु प्रशासन लाचार !

काठमाडौंको ठमेलमा रहेको गुठी जग्गामा निर्माण भएको ‘छायाँ सेन्टर’ मा लगानी गर्ने अधिकांश व्यक्ति नाम चलेका प्रशासक, व्यापारी तथा दलका नेता भएका कारण प्रशासनले कारबाही गर्न नसकेको खुलासा भएको छ ।

‘छायाँ सेन्टर’ मा ४३ जना लगानीकर्ता रहेका छन् । गुठीको जग्गा अपचलन भयो भन्ने विषयमा अदालतमा मुद्दा पनि चलिरहेको छ । स्थानीय गुठीप्रेमीहरू ‘छायाँ सेन्टर’ ले शक्तिको प्रयोग गरी प्रशासनिक मिलोमतोमा जग्गा हड्पेको टिप्पणी गर्छन् ।

स्थानीयबासीको माग र आन्दोलनको वास्तै नगरी सञ्चालनमा आएको ‘छायाँ सेन्टर’ का मुख्य लगानीकर्ता पृथ्वीबहादुर पाण्डेले आफ्नी श्रीमती र छोराको नाममा समेत लगानी गर्न लगाएका छन् । इन्भेस्टमेन्ट बैंकका अध्यक्ष रहेका पाण्डेले श्रीमती प्रतिमा पाण्डेको नाममा १ करोड २२ लाख र छोरा सिद्धान्तबहादुर पाण्डेको नाममा १९ लाख ७२ हजार रुपियाँ लगानी गरेको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर