newskoseli.Com

साढे दुई अर्ब त भ्रमणमै खर्चियो ओली सरकारले…

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चालू आर्थिक वर्षको १० महिनामा भ्रमण शीर्षकमा मात्रै करिव २ अर्ब ५५ करोड रुपैयाँ खर्च गरेको पाइएको छ ।

चालू आर्थिक वर्षका लागि भ्रमण (विशिष्ट व्यक्तिको भ्रमण र प्रतिनिधिमण्डलको खर्च समेत) १ अर्ब ८३ करोड रुपैयाँ विनियोजन भएकोमा यो रकम पुस नलाग्दै सकिइसकेको थियो । महालेखाका अनुसार पुस मसान्तसम्म भ्रमण खर्चवापत २ अर्ब २० करोड रुपैयाँ खर्च भइसकेको छ । हालको राजश्व शीर्षक वर्गीकरण अनुसार भ्रमण बजेटलाई तीन भागमा खण्डीकरण गरिएको छ– भ्रमण, विशिष्ट व्यक्ति र प्रतिनिधिमण्डलको भ्रमण तथा अन्य भ्रमण ।

यी तीनमध्येका शीर्षकमा यस वर्ष १ अर्ब ७२ करोड विनियोजन भएकोमा पुस मसान्तसम्म नै २ अर्ब १५ करोड खर्च भैसकेको खबर गजेन्द्र बुढाथोकीको बाइलाइनमा आइतबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर