newskoseli.Com

झारपात गोडमेलमै साढे चार करोड स्वाहा : ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ काे हविगत…

गत असार १ मा रुपन्देहीको तिलोत्तमामा रहेको गौशालामा राता–पहेंला ज्याकेट र टोपी लगाएका एक हुल मानिस प्रवेश गरे ।

करिव एक सयको संख्यामा रहेका ती ‘कामदार’ ले गौशाला परिसरको झाडी फाँडे । वरपर छरिएका सानातिना ढुंगा जम्मा गरे । मलखातो कोतारकुतुर गरेर छितरिएको मल थुपारे । टिपनटापन काम गरेर करिव एक घन्टामै टोली त्यहाँबाट निस्कियो ।

बेल्चा, हँसिया र कोदालो बोकेका ती व्यक्ति ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मा छानिएका ‘कामदार’ थिए । कार्यक्रमका लागि २ सय ४७ जना छनौटमा परे पनि २ सय २६ जना काममा आएको नगरपालिकाले जनाएको छ । ती कामदारलाई असार महिनाभर गौशाला, वनवाटिका, नगरका केही विद्यालय र ६ लेन सडक किनारको झारपात टिपनटापन र गोडमेलको जिम्मा दिइएको छ ।

यो नगरमा यसअघि टोल, वडा र नगरव्यापी सरसफाइका कार्यक्रममार्फत ६ लेन तथा भित्री सडक, वस्ती, स्कुल, पार्क सरसफाइ गरिन्थ्यो । तर, अहिले तिनै कामका लागि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ का नाममा ७० लाखको बजेट खर्च गरिँदै गरेको खबर रेखा भुसालको बाइलाइनमा आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर