newskoseli.Com

विद्रोहीद्वारा विमानस्थलमा ड्रोनमार्फत बम आक्रमण

हुथी विद्रोहीहरुले साउदी अरेबियाको दक्षिणी आसिर प्रान्तमा रहेको आभा विमानस्थलमा मानवविहीन विमान (ड्रोन) बाट आक्रमण गरेका छन् ।

विद्रोहीहरुले जिजान प्रान्तको जिजान विमानस्थलमा समेत ड्रोनमार्फत बम आक्रमण गरेको दाबी पनि गरेका छन् । दुवै ड्रोन आक्रमणबाट आभा र जिजान विमानस्थलका विमान ह्याङ्गरमा आक्रमण गरिएको विद्रोहीद्वारा सञ्चालित मासिराह टेलिभिजनले जनाएको छ । विद्रोही समूहका सैनिक प्रवक्ता याह्या सारियाले जारी गरेको विज्ञप्तिमा ड्रोनमार्फत बम आक्रमण गरिएको उल्लेख छ ।

विद्रोहीहरुले पछिल्ला दिनहरुमा साउदी अरेबियाका क्षेत्रीय विमानस्थलमा क्षेप्यास्त्र र ड्रोन आक्रमण तीब्र बनाएका छन् । साउदी अरेबियाले भने उक्त घटनाका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन । साउदी समाचार संस्थाले हुथीद्वारा आभा विमानस्थलमा गरिएको ड्रोन आक्रमणबाट गत साता एक जना सिरियाली नागरिकको ज्यान जानुका साथै ८ जना घाइते भएको जनाएको छ । अर्को ड्रोन आक्रमणबाट आभा विमानस्थलमा २६ जना घाइते भएको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर