newskoseli.Com

एअरवेजमाथि २२ करोड ९१ लाख डलर जरिवाना : यात्रुको डाटा चोरेका अभियोग

लाखौं यात्रुको डाटा चोरीमा दोषी ठहर गर्दै बेलायती विमान कम्पनी ब्रिटिस एअरवेजलाई १८ करोड ३० लाख ३९ हजार पाउन्ड स्टर्लिङ (२२ करोड ९० लाख ७० हजार अमेरिकी डलर) जरिवाना गरिएको विमान कम्पनीको मातृसमूह ‘इन्टरनेसनल एअरलाइन्स ग्रुप’ (आईएजी) ले सोमबार जनाएको छ ।

कम्प्युटरका घुसपैठिया (ह्याकर) हरूले गतवर्ष विमानका लाखौं यात्रुहरूको तथ्याङ्क तथा बैंक विवरण चोरी गरी कानुनविपरीत काम गरेको अभियोग लागेको हो । आईएजीद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘बेलायतको तथ्याङ्क संरक्षण ऐनअनुसार बेलायतको सूचना आयुक्तको कार्यालयले ब्रिटिस एअरवेजलाई कूल १८ करोड ३० लाख ३९ हजार पाउन्ड स्टर्लिङको जरिवाना गरेको छ ।’

आईएजीका अनुसार यो जरिवाना रकम ब्रिटिस एअरवेजको सन् २०१७ मा भएको खुद मुनाफाको १.५ प्रतिशत बराबर हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर