newskoseli.Com

बजेट सक्न मनपरी खर्च : एकै दिनमा ६ अर्ब !

चालू आर्थिक वर्षको पछिल्लो १५ दिन (असार १५) देखि मुलुकभरका सरकारी कार्यालयले चालू बजेटमा विनियोजित पूरै रकम रित्याउने गरी खर्च गर्न सुरु गरेका छन् ।

विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कार्यालय प्रमुख, लेखा, स्टोर, प्रशासन र प्राविधिक कर्मचारीबीचको मिलेमतोमा चालू बजेटमा विनियोजित अर्बौं रुपैयाँ दोहन गर्न सुरु गरिएको हो । आइतबार (असार २२ मा) एकै दिन ६ अर्ब ९ करोड रुपैयाँ चालू खर्चअन्तर्गत भुक्तानी दिइएको छ ।

सरकारी तथ्यांकअनुसार चालू आर्थिक वर्षको ३ सय ३० दिन (असार १) सम्म चालू खर्च दैनिक औसतमा १ अर्ब ८४ करोड रुपैयाँका दरले भएको थियो । तर असार १५ पछिको ७ दिनमा भने यो खर्च दैनिक औसतमा सवा ३ अर्ब रुपैयाँका दरले भइरहेको छ । सरकारको लेखा राख्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार यो आ.व. को असार १ सम्म ६ खर्ब १० अर्ब रुपैयाँ चालू बजेट खर्च भएको छ । असार १ देखि १५ सम्म खर्च बढेर ६ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । १५ दिनमा मात्रै ३९ अर्ब रुपैयाँ खर्च भएको छ । यो औसतमा दैनिक २ अर्ब ६० करोड रुपैयाँ हो ।

वर्षको अन्तिम दिनतिर झनै खर्च बढेर गएको देखिन्छ । पछिल्लो एक साता (असार १६ देखि २२) मा २२ अर्ब रुपैयाँ खर्च गरिएको छ । असार २२ मा एकै दिन ६ अर्ब ९ करोड रुपैयाँ भुक्तानी दिइएको छ । अब बाँकी ८ दिनमा योभन्दा पनि बढी रकम खर्च हुने निश्चित देखिएको खबर बालकृष्ण ज्ञवालीको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर