newskoseli.Com

एउटै प्रदेश सरकारले किन्याे १ वर्षमै २९ करोडका गाडी

सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा २९ करोडभन्दा बढीका गाडी खरिद गरेको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास बजेट खर्च गर्न नसकेको प्रदेशले मन्त्री र कर्मचारीको सेवाका लागि भने करोडौंको गाडी खरिद गरेको हो ।

आ.व. ०७५–७६ मा ३० वटा लक्जरियस गाडी, ४८ वटा मोटरसाइकल, १६ वटा एम्बुलेन्स खरिद गरेको हो, जसमा प्रदेश सरकारले २९ करोड १९ लाख १६ हजार रुपैयाँ खर्च गरेको छ । प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्यमन्त्री त्रिलोचन भट्ट चढ्ने गाडीसहित ८ वटा पुरानै गाडी छन् । मुख्यमन्त्री भट्टले १ करोडभन्दा बढी मूल्य पर्ने टोयटा कम्पनीको फरचुनर मोडलको गाडी चढ्दै आएका छन् ।

यद्यपि, मन्त्रालयले थप नयाँ ८ वटा मोटरसाइकल र २ वटा गाडी खरिद गरेको खबर कैलाश जोशीको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर