newskoseli.Com

जापानी दूतावास बाहिर कोरियाली वृद्धले किन गरे आत्महत्या ?

दक्षिण कोरियाको राजधानी सियोलस्थित जापानी राजदूतावास अघिल्तिर एक जना वृद्ध कोरियालीले आत्महत्या गरेका छन् । जापानसँग व्यापार तथा कूटनीतिक विवाद चर्किरहेकै बेला करिव ७० वर्षका एक कोरियाली वृद्धले आफैंलाई आगो लगाएर आत्महत्या गरेका हुन् ।

जापानी राजदूतावासको अघिल्तिर पार्क गरिएको कारमा आगो लागेको र अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको कोरियाली प्रहरीले जनाएको छ ।

कारभित्र २० वटा ग्यास सिलिन्डर पनि फेला परेको प्रहरीले बताएको छ । मृत्यु भएका व्यक्तिका ससुरालाई जापान युद्धका बेला जापानीहरुले जबर्जस्ती दास बनाएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर