newskoseli.Com

विश्वविद्यालयमा शक्तिशाली बम विस्फोट : ४ को मृत्यु, ८ घाइते

अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार शक्तिशाली बम विस्फोट भएको छ । विष्फोटमा परी चार जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका छन् ।

स्थानीय समय अनुसार शुक्रबार बिहान ७ः१० मा उक्त विस्फोट भएको प्रहरीले जनाएको छ । स्नातकोत्तर तहको परीक्षाका लागि विद्यार्थी प्रवेश गर्ने क्रममा विस्फोट भएको थियो । घाइते आठ जनामध्ये एक जना किशोरी रहेको जनाइएको छ । विस्फोटबारे अनुसन्धान जारी रहेको अधिकारीहरुले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर