
नेपाल राष्ट्रबैंकले सोमबार १३ अर्ब रुपैयाँ बराबरको ‘ट्रेजरी बिल’ बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलकको माध्यमबाट ‘ट्रेजरी बिल’ बिक्री गर्ने भएको हो ।
राष्ट्रबैंकले उक्त प्रक्रियामा सहभागी भई ‘ट्रेजरी बिल’ खरिद गर्न सम्बन्धितहरूमा आग्रह गरेको छ । राष्ट्रबैंकले यसअघि साउन ६ मा पनि ‘ट्रेजरी बिल’ बिक्री गरेको खबर राससले प्रेषित गरेको छ ।