newskoseli.Com

पसलमा गोली चल्दा २ को मृत्यु, १ घाइते

सांकेतिक तस्बिर

अमेरिकाको मिसिसिपी राज्यस्थित साउथाभेनको एक पसलमा मङ्गलबार बिहान गोली चलेको छ । अज्ञात व्यक्तिले गरेको सो गोली प्रहारबाट दुई जनाको ज्यान गएको छ भने एक प्रहरी अधिकृत घाइते भएका छन् ।

पसलमा ‘ग्राहक’ बनी आएका एक व्यक्तिले पसलका कर्मचारीमाथि गोली चलाएको प्रहरीले जनाएको छ । गोलीकाण्डमा मारिएकामा पसलका दुई कर्मचारी रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । त्यस घटनाका दोषी एक जनालाई प्रहरीले गोली हानी घाइते बनाएर नजिकैको अस्पताल पु¥याएको स्थानीय प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

घटनास्थलमा प्रहरी पुग्दा पसलका दुई कर्मचारी गोली लागेको अवस्थामा ढलेका र सोही पसलमै उनीहरुको निधन भएको जनाइएको छ । साउथाभेन नगरका नगरप्रमुख ड्यारेन मुसेलह्वाइटले उक्त घटनालाई हिंस्रक व्यक्तिहरुबाट गराइएको दुर्घटना भनी टिप्पणी गरेका छन् । सो घटनामा भएको दुई जनाको निधनले आफूलाई निकै मर्माहत बनाएको भन्दै नगरप्रमुख मुसेलह्वाइटले मृतकहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

प्रहरीले उक्त घटनामा संलग्नलाई गोली हानेर पक्राउ गरी त्यहाँ सम्भावित अझ ठूलो क्षति हुनबाट जोगाएको नगरप्रमुख मुसेलह्वाइटले ट्विटमार्फत जानकारी दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर