newskoseli.Com

१८ प्रतिशत बढ्यो ‘भीभीआईपी/भीआईपी’ को तलब : कसको कति पुग्यो ?

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसदका दुवै सभाका सदस्यम्मको तलब–भत्ता सरकारले १८ प्रतिशतले बढाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा साउन १ देखि लागू हुने गरी ‘विशिष्ट पदाधिकारी’ को तलब वृद्धि गरेको हो । जेठ १५ मा सरकारले ल्याएको बजेटमा राष्ट्रसेवक (कर्मचारी) को तलब वृद्धि गरेको थियो । कार्यालय सहायकदेखि नायव सुब्बासम्मको २० प्रतिशत र अधिकृतदेखि मुख्यसचिवसम्मको तलब १८ प्रतिशतले वृद्धि गरिएको थियो ।

त्यतिबेला सरकारले विशिष्ट पदाधिकारीकारीको तलब वृद्धि गरेको थिएन । पदाधिकारीको सेवा–सुविधा छुट्टै ऐनका आधारमा तोकिने भएकाले बजेट भाषणका क्रममा तलब वृद्धि नगरिएको हो । स्रोतअनुसार राष्ट्राध्यक्षको तलब मासिक २७ हजार ८१ लाख रुपैयाँ बढेको छ । राष्ट्रपतिको तलब १ लाख ५० हजार ४ सय बाट बढेर १ लाख ७७ हजार ५ सय ३१ पुगेको छ । उपराष्ट्रपतिको तलब मासिक १ लाख ६ हजार ३० बाट बढेर १ लाख १५ हजार १ सय १५ पुगेको छ ।

त्यसैगरी, प्रधानमन्त्रीको तलब ७७ हजार २ सय ८० बाट बढेर ९१ हजार १ सय ९० रुपैयाँ पुगेको खबर बलराम बानियाँको बाइलाइनमा शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर