newskoseli.Com

दलाल सम्राटलाई सन्देश

 

ए दलाल सम्राट
तिमीसँग
लाखौं बन्दुक छन्
सेना–प्रहरीको ठूलो तागत छ
अड्डा–अदालत, संविधान–कानुन
सिङ्गो राज्यसत्ता तिम्रै हातमा छ
हजारौं भिजिलान्तेको जत्था छ
‘विदेशी प्रभु’ को आशिर्वाद छ
हो सम्राट !
यो तिम्रो समय हो
तिमीलाई जे–जे मन लाग्छ– गर ।

सम्राट
तिमी बलवान् छौ
सर्वशक्तिमान छौ
खुलेआम मातृभूमिको बलात्कार गर
बचेखुचेका नदीनालाहरु बेच
युवाहरुलाई दासका रुपमा निर्यात गर
मुक्तिको आकांक्षालाई प्रतिबन्ध लगाऊ
स्वाधीनताको आवाजलाई
‘गम्भीर आतंककारी’ करार गर
बर्बर जङ्गली दमन गर
घरी दक्षिणी त घरी पश्चिमी
‘प्रभु’ को जयजयकार गर
तिमीलाई जे–जे मन लाग्छ– गर ।

तर सम्राट
एउटा कुरा ख्याल गर
तिम्रो बर्बर जङ्गली दमनले
एक थान संविधानको खोस्टोले
विदेशी ‘प्रभु’ को आशिर्वादले
जनताको मुक्तिको आकांक्षालाई
इतिहासको वस्तुगत आवश्यकतालाई
रोक्न सक्ने सामर्थ्य राख्दैन
जहिल्यै जनतासँग अजेय तागत हुन्छ
यदि यस्तो नहुँदो हो त
अहिले पनि मानवसमाज
दासयुगमै रहने थियो ।

२० साउन, २०७६

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर