newskoseli.Com

इन्जिनको परीक्षण गर्दा रकेट विस्फोट : ५ को मृत्यु, दर्जनौं घाइते

फाइल तस्बिर

इन्जिन परीक्षणका क्रममा रकेट विस्फोट हुँदा रुसमा पाँच जनाको मृत्यु भएको छ । सो विष्फोटमा करिव एक दर्जन जति घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बीबीसीका अनुसार समुद्री या जलसेनाको ‘टेस्ट रेन्ज’ मा रकेट विस्फोट भएको रुसको राष्ट्रिय परमाणु कम्पनी ‘रोस्ताकम’ ले जनाएको छ । रकेट इन्जिनको परीक्षणका क्रममा दुर्घटना भएको सो संस्थाले बताएको छ । विस्फोटमा परी घाइते भएका तीन जना कम्पनीमै कार्यरत कर्मचारी रहेको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरुले जनाएका छन् ।

परीक्षणका क्रममा न्योनोस्काभन्दा ४७ किलोमिटर टाढाको दूरीमा रहेको सेभेरोन्दिस्क सहरको रेडियसनस्तर सामान्यभन्दा २० गुणा बढेको स्थानीय अधिकारीहरुले बताएका छन् । सुरुमा न्योनोस्कामा रहेको परमाणु केन्द्रमा भएको विस्फोटमा दुई जनाको मृत्यु भएको र ६ जना घाइते भएको सरकारी अधिकारीले बताएका थिए । विस्फोट भएका बेला रकेट रहेको क्षेत्रमा इन्जिनियर तथा प्राविधिक विभागको टिमले काम गरिरहेको थियो ।

रुसी नौसेनाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल तथा एन्टीएयरक्राफ्ट मिसाइल प्रक्षेपण गर्न प्रयोग गर्दै आएको न्योनोस्कामा उक्त विस्फोट भएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर