newskoseli.Com

जोडी परेवा बेच्नेलाई १५ रुपैयाँ, चटपटे बेच्नेदेखि जुत्ता टल्काउनेसम्मलाई ‘कर’ को करकर !

ताप्लेजुङको फुङलिङ नगरपालिकाले जुत्ता पालिस गर्नेदेखि ठेलामा चटपटे बेच्नेलाई समेत ‘करको दायरा’ मा ल्याएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्ष २०७६–७७ का लागि प्रकाशित गरेको ‘नगर राजपत्र’ मा उल्लेख भएअनुसार जुत्ता पालिस गर्नेलाई २० रुपैयाँ र ठेलामा चटपटे बिक्री गर्नेलाई ७५ रुपैयाँ ‘कर’ तोकिएको छ । अनुसूची– ८ (दफा ९ सँग सम्बन्धित) ‘बहाल–बिटौरी कर’ अन्तर्गत तोक्मेडाँडामा शानिबार र मंगलबार लाग्ने हटियामा १ जोडी परेवा बिक्री गरेवापत १५ रुपैयाँ कर तोकिएको छ । भुइँमा समान बिच्छ्याएर बेचेवापत पनि २० रुपैयाँ तोकिएको छ । डोकामा फलफूल तथा सागसब्जी बेच्नेले प्रतिडोका २० रुपैयाँ बुझाउनुपर्छ ।

नगरले बनाएको ब्लकमा राखेर बिक्री गर्नेलाई एक सय रुपैयाँ ‘कर’ तोकिएको छ । राँगाको मासु बेचेवापत प्रतिगोटा २ सय र सुँगुरको १ सय ५० रुपैयाँ ‘कर’ लाग्ने खबर देवराज गुरुङको बाइलाइनमा आइतबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर