newskoseli.Com

मोटरसाइकल बम विस्फोट : ४ को मृत्यु, ३० घाइते

इराकको राजधानी बग्दादबाट दक्षिणतर्फ पर्ने बबिल प्रान्तमा मोटरसाइकलमा जडान गरिएको बम विस्फोट हुँदा चार व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा ३० व्यक्ति घाइते भएका छन् ।

इराकको गृह मन्त्रालयले सो घटनाको पुष्टि गरेको छ । इराकको राजधानी बग्दादबाट करिव ८० किलोमिटर टाढा रहेको अल मुसायब सहरको व्यस्त बजार इलाका मोटरसाइकलमा जडान गरिएको बम विस्फोट गराइएको थियो ।

यस विस्फोटबाट कयौं पसल, भवन र नजिकै रहेका सवारी साधनहरु ध्वस्त भएको पनि गृह मन्त्रालयले जानकारी दिएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । तर, आक्रमणमा इराकमा बारम्बार आक्रमण गर्दै आएको इस्लामिक स्टेट्स (आईएस) समूहको नै हात रहेको हुनुपर्ने प्रहरीको दाबी छ ।

यद्यपि सन् २०१७ को अन्त्यदेखि इराकी सुरक्षा व्यवस्थामा नाटकीय रुपबाट सुधार भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर