
सरकारले औपचारिक घोषणाविनै खसीबोका आयातमा कडाइ गरेपछि दसैंमा मासु महँगो हुने भएको छ । व्यवसायीहरुका अनुसार दसैंमा खसीको तयारी मासु प्रतिकेजी १ हजार ५ सय रूपैयाँभन्दा माथि पुग्न सक्नेछ ।
हाल काठमाडौं उपत्यकामा दैनिक १ हजार २ सय वटा खसीबोकाको माग छ, जसको ४० प्रतिशत अंश भारतीय आयातबाट धानिएको छ । केही समय यता सकरकारले भारतबाट आयात हुने खसीबोकामा कडाइ गरिरहेको छ ।
चौपाया खरिद–बिक्री संघका अनुसार दसैं–तिहारको समयमा उपत्यकामा मात्र करिव ५० हजार खसीबोकाको माग हुन्छ । उक्त मागलाई धान्न सक्ने गरी स्वदेशमा खसीबोकाको उत्पादन हुन नथालेको खबर सोमबारको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।