newskoseli.Com

तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण, भीषण आगलागी

शनिबार बिहान सबेरै साउदी अरबका दुई मुख्य तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणको कारण आगलागी भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् । साउदी अरबको राजधानी रियादबाट करिव ३ सय ३० किलोमिटर उत्तरपूर्वमा पर्ने बुक्याब र खुराइजमा रहेका विशाल तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणपछि आगलागी भएको हो ।

सरकारी समाचार माध्यमहरूका अनुसार ती दुवै आगलागी नियन्त्रणमा आइसकेका छन् । यस आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन । तर, विगतमा भएका यस्ता आक्रमणका लागि इरान निकट यमनका विद्रोही हुथी समूहमाथि आरोप लगाइने गरेको थियो ।

स्थानीय समयानुसार बिहान ४ बजे दुई तेल स्थलहरूमा ड्रोनका कारण सुरू भएको आगो निभाउने प्रयास सुरक्षा टोलीहरूले सुरू गरेको साउदी सरकारको प्रेस एजेन्सीले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर