newskoseli.Com

अण्डाको पनि मूल्यवृद्धि, प्रतिक्रेटमा ३० रुपैयाँ बढ्यो

चितवनका कुखुरापालक किसान, सप्लायर्स तथा बिक्रेताहरुको भेलाले अण्डाको मूल्य प्रतिक्रेटमा ३० रुपैयाँका दरले बढाएको छ । व्यावसायमा घाटा बढ्न थालेको भन्दै उत्पादकबाट मूल्यवृद्धिको माग चर्केको थियो ।

२ सय २० रूपैयाँ प्रतिक्रेट रहँदै आएको ठूलो अण्डाको मूल्य बढाएर २ सय ५० रूपैयाँ पुर्‍याइएको नेपाल दाना, अण्डा, कुखुरा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डेले बताए ।

सानो अण्डाको मूल्य पनि केही दिनमा वृद्धि गरिने संघले जनाएको खबर विप्लव काफ्लेको बाइलाइनमा शुक्रबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर