newskoseli.Com

दसैं नलाग्दै २ महिनामै बिके ८३ लाखका खसी

नजिकिँदै गरेको दसैंलाई लक्षित गरी दुई महिनाको अवधिमा ८ सहकारी संस्थाले ८३ लाख रूपैयाँ बराबरक खसी बिक्री गरेका छन् । तनहुँका ६ र लमजुङका २ सहकारी संस्थाले साउन र भदौ महिनामा मात्रै ८३ लाख ६० हजार ३५ रूपैयाँको खसी बिक्री गरेका हुन् ।

हेफर इन्टरनेसनल नेपाल र नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँको साझेदारीमा सञ्चालित ‘पशुवस्तुको मूल्यशृङ्खलामा आधारित साना किसानको संस्था सबलीकरण परियोजना’ मार्फत गठन भएका सहकारीले ९ सय ३४ खसी बिक्री गरेको कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

सबैभन्दा बढी तनहुँको भिमाद नगरपालिका– ९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत २५ लाख ४३ हजार ७५ रूपैयाँको र सबैभन्दा कम शुक्लागण्डकी नगरपालिका– १ स्थित दिदीबहिनी कृषि सहकारी संस्थामार्फत २ लाख ६४ हजार ८ सय ६५ रूपैयाँको खसी बिक्री भएको छ । अतिप्रिय सामाजिक उद्यमी महिला सहकारीमार्फत १ सय ५४ खसी बिक्री भएको सहकारीकी अध्यक्ष देवी मोक्तान आलेले जानकारी दिइन् ।

घिरिङ गाउँपालिका– २ स्थित घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारीमार्फत ९ लाख १७ हजार ४ सय ७२ रूपैयाँ, घिरिङ गाउँपालिका– ५ स्थित भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीमार्फत १४ लाख १५ हजार ९ सय २५ रूपैयाँ, भीमाद नगरपालिका– ४ स्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत् ८ लाख ५६ हजार ५३ रूपैयाँ, व्यास नगरपालिका– ८ स्थित शुभदीप सामाजिक उद्यमी महिला सहकारीमार्फत् ५ लाख ४७ हजार ३ सय २३ रूपैयाँ, मध्यनेपाल नगरपालिका– १ स्थित सप्तधारा सामाजिक उद्यमी महिला सहकारीमार्फत १२ लाख ५६ हजार ४ सय २५ रूपैयाँ र सुन्दरबजार नगरपालिका– १ स्थित भागिरथी सामाजिक उद्यमी महिला सहकारीमार्फत ५ लाख ५८ हजार ९ सय १५ रूपैयाँको खसी बिक्री भएको छ ।

सहकारीमा आबद्ध कृषकले सहकारीमार्फत नै खसी बिक्री गरेर मनग्य आम्दानी गरेको कार्यक्रम संयोजक पौडेलले जानकारी दिए । कृषकले उत्पादन गरेको खसी खरिद गरी व्यापारीलाई बिक्रीवितरणको व्यवस्था सहकारीले मिलाएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर