newskoseli.Com

घरजग्गा व्यवसाय ओरालोतिर : राजधानीका घरजग्गा ३ वर्षअघिको मूल्यमा, प्लटको भाऊ झन् घट्दै !

राजधानीमा बन्ने गरेका हाउजिङको काल्पनिक डिजाइन

ऋणमा लगाम लागेपछि घरजग्गा व्यवसायमा कारोबार घट्यो । केही वर्षयता मूल्य भने स्थिर रह्यो । बैंक तथा वित्तीय संस्थाको ऋणको साँवा–ब्याज भुक्तानीमा घरजग्गा व्यवसायी दबाब झेलिरहेका छन् । उनीहरू बजार उठ्ने आसमा एउटा बैंकबाट ऋण लिएर अर्कोको भुक्तानी गर्दै छन् ।

राष्ट्र बैंकले व्यावसायिक कार्यदक्षता कर कार्यालयबाट परीक्षण गरेर मात्र ऋण दिन परिपत्र गरेको छ । त्यससँगै यस्ता ऋणहरू सदाबहार (इभर ग्रिनिङ) हुने सम्भावना टर्दै गएको छ । विश्वव्यापी रूपमै घरजग्गा कारोबार खुम्चन थालेको छ । नेपालका पनि प्रमुख सहरमा घरजग्गाको मूल्य संतृप्ति (स्याचुरेसन) मा पुगेको विश्लेषकहरु बताउँछन् ।

घरजग्गाको मूल्य सस्तिन सक्ने आईएमई समूहका बजार विश्लेषक प्रकाश तिवारी बताउँछन् । उनका अनुसार तीन वर्षदेखि चुलिएको ब्याजदर, बैंकमा ऋण दिने पैसाको अभाव र सेयर बजारजस्ता पुँजीगत लाभ आर्जन गर्ने सट्टेबजारको निराशाजनक अवस्थाले यसमा प्रभाव पार्न सक्छ । ‘काठमाडौंका कतिपय स्थानमा घरको मूल्य तीन वर्षअघिकै अवस्थामा आएको छ,’ उनी भन्छन्– ‘भित्री सहरका टुक्रे जग्गाको भाउ बढिरहे पनि ठूलो प्लटको भाउ घट्न थालिसकेको छ ।’

जग्गा खण्डीकरण गर्न नपाइने कानुनी व्यवस्थाले सहरी क्षेत्रमा जग्गाको माग घटेको आईएमई समूहअन्तर्गतकै हाथ्वे इन्भेस्टमेन्टका सीईओ अम्बिका पौडेलले बताएको खबर विनय बञ्जराको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर