newskoseli.Com

झन्डै २० करोडको हीरा चोरी, खोजीकार्य तीब्र

१८ लाख अमेरिकी डलरभन्दा बढी (झन्डै २० करोड नेपाली रुपैयाँ) मूल्यको हीरा चोरी भएको विषयमा जापानी प्रहरीले खोजीकार्य तीब्र बनाएको छ । यो हीरा जापानकाे राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा हराएको थियो ।

प्रदर्शनस्थलबाट चोरी भएको बहुमूल्य हीरा खोज्न प्रहरी परिचालन गरिएको टोकियोका प्रहरी प्रवक्ताले जानकारी दिएका हुन् । योकोहामा सहरमा आयोजित तीनदिने गरगहना प्रदर्शनीका क्रममा हीरा चोरिएको हो । यो हीरा करिव ५० क्यारेटको थियो । यहाँ जापान, रुस, चीन र अरु मुलुकका बहुमूल्य गरगहना प्रदर्शनमा राखिएका थिए ।

जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार जापानी कम्पनीको यो हीरा चोरिएपछि प्रदर्शनीस्थलमा खैलाबैला मच्चिएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर