newskoseli.Com

हेलिकप्टरबाट गोली प्रहार, ९ जनाको मृत्यु

सिरियाको एउटा गाउँमा हेलिकप्टरबाट गोली प्रहार गर्दा कम्तिमा नौ जनाको मृत्यु भएको छ । आइतबार बिहानै भएको आक्रमणमा मृत्यु भएका सबै इस्लामिक स्टेट (आईएस) सँग आबद्ध लडाकु रहेको अधिकारीहरुले जनाएका छन् ।

सिरियाको उत्तर–पश्चिमी इड्लीब प्रान्तमा घटना भएको समाचार स्थानीय सञ्चार माध्यमहरुले सम्प्रेषण गरेका छन् । आईएस लडाकुहरुको समूह लुकेर बसेको सूचनाका आधारमा सो गाउँमा अमेरिकी वायुसेनाले आक्रमण गरेको सरकारी अधिकारीहरुको भनाइ छ । आईएस लडाकु रहेको घर र कारलाई लक्षित गरेर इड्लीब प्रान्तको बरिशा भन्ने गाउँमा आक्रमण भएको थियो ।

सो आक्रमणमा परी आईएस लडाकुका नेता अबु बाकर अल बग्दादीको पनि मृत्यु भएको विश्वास गरिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । अमेरिकी नेतृत्वको सैन्य गठबन्धनले गरेको आक्रमणमा परी अतिवादीहरुको समूहका केही नेता र सदस्यहरुको मृत्यु भएको अब्जरभेटरीका प्रमुख रमी अब्देल रहमानले जानकारी दिएका छन् ।

‘बग्दादी मारिएका हुन् वा होइनन् भन्ने बारेमा पुष्टि गर्न सक्ने अवस्थामा छैनौं तर उनी त्यही क्षेत्रमा लुकेर बसेको आशंका थियो’– उनले भने ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर