newskoseli.Com

अमेरिकाको क्यालिफोर्नियामा भीषण आगलागी : सङ्कटकालको घोषणा

अमेरिकाको क्यालिफोर्निया राज्यका केही क्षेत्रमा फैलिएको आगलागीका कारण सङ्कटकालको घोषणा गरिएको छ । राज्य सरकारको तर्फबाट आइतबार क्यालिफोर्नियाका गभर्नरले सङ्कटकालको घोषणा गरेको जानकारी अधिकारीहरुले दिएका छन् ।

जङ्गलमा केही समयदेखि लागिरहेको आगो नियन्त्रणमा नआएको र शक्तिशाली हावाहुरी चलिरहेको तथा बिजुलीका संरचनाहरु जलाउन सक्ने, अन्धकार हुनसक्नेलगायतका कारणले सङ्कटकाल घोषणा गरिएको उनीहरुले बताएका छन् । सन्फ्रान्सिस्को क्षेत्रमा लागेको ‘किनकेड फायर’ नाम दिइएको यस आगलागीका कारण १२ हजार हेक्टर क्षेत्रफल प्रभावित भएको छ ।

नजिकैको जङ्गलमा लागेको आगो नियन्त्रणमा नआएकाले फैलँदै वस्तीसम्म आउन सक्ने खतरा देखेर क्यालिफोर्नियाको हेल्डस्बर्ग र विन्डसरका वासिन्दालाई अन्यत्र सारिएको हो । आगलागीका कारण अहिलेसम्म ५० हजारभन्दा बढी विस्थापित भएका छन् भने सयौं संरचनाहरुमा क्षति पुर्‍याएको अधिकारीहरुले जनाएका छन् ।

ठूलो हावाहुरीका कारण विद्युत प्रसारण लाइनमा झिल्का उत्पन्न हुन सक्ने र जसका कारण डढेलो झनै खतरनाक बन्न सक्ने भएकाले विद्युत सेवा पनि बन्द गर्न लागिएको छ । नजिकैको बिजुलीको तारमा क्षति पुगेको केही बेरपछि उत्तरी क्यालिफोर्नियामा बुधबार सुरु भएको डढेलो फैलन थालेको थियो । आगो निभाउन एक हजारभन्दा बढी अग्निनियन्त्रक र विमान समेत परिचालन गरिएको अधिकारीले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर