newskoseli.Com

प्रहरी कारबाहीमा १७ को मृत्यु, हतियार पनि बरामद

फाइल तस्बिर

ब्राजिलको उत्तरी क्षेत्रमा प्रहरीले गरेको ‘कारबाही’ मा कम्तिमा १७ जनाको मृत्यु भएको छ । प्रहरी र शङ्कास्पद लागूऔषध कारोबारीहरूका बीचमा मानायुसमा झडप भएको स्थानीय अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

‘प्रहरीले उनीहरूलाई गोली प्रहार गरेको थियो, त्यसपछि अस्पताल लगिएको थियो’– एक प्रहरी अधिकारीले भने । उनले थपे– ‘त्यसपछि उनीहरूलाई अस्पतालमै मृत घोषणा गरिएको थियो ।’ लागूऔषध प्रयोगकर्ता र कारोबारीका विरुद्ध ‘विषेश अभियान’ नै चलाएको ब्राजिलको प्रहरीले यो घटनालाई सफलताका रूपमा लिएको छ ।

घटनास्थलबाट प्रहरीले १७ वटा हतियार पनि बरामद गरेको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । लागूऔषधको कारोबार नियन्त्रण गर्न ब्राजिलको उत्तरी क्षेत्रमा धेरै समूहले काम गरिरहेका छन् । त्यो क्षेत्र छिमेकी मुलुकहरू कोलम्बिया, पेरु र बोलिभियासँगको रणनीतिक महत्त्वको क्षेत्र मानिन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर