
एसियाली विकास बैंक (एडीबी) ले मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार गर्न २१ अर्ब ५० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ । दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्न लागिएको छ ।
एडीबीको सञ्चालक समितिले बुधबार सहुलियत ऋण अनुमोदन गरेको हो । एडीबीको मुख्याल मनिलाबाट जेठ १३ मा उच्चस्तरीय टोली मुग्लिन–पोखरा सडकखण्ड निरीक्षण गर्न नेपाल आएको थियो ।
१५ दिनका लागि नेपाल भ्रमणमा आएको टोलीले मुग्लिन–पोखरा सडकको स्थलगत अनुगमन गरेको थियो । टोलीले बुझाएको प्रतिवेदनका आधारमा एडीबीले ऋणका लागि सहमति जनाएको खबर निर्दोष घोरसाइनेको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।