newskoseli.Com

सैनिक कार्यालयमा विद्राेही आक्रमण, ५३ सेनाको मृत्यु

मालीको एउटा सैनिक कार्यालयमा शुक्रबार भएको आक्रमणमा ५३ जना सेनाको मृत्यु भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा भएको यस आक्रमणलाई सरकारी अधिकारीहरुले ‘आतङ्कवादी हमला’ भनेका छन् ।

इस्लामिक लडाकुहरुले गराएको हिंसामध्ये यो आक्रमण सबैभन्दा ठूलो भएको अधिकारीहरुको भनाइ छ । आक्रमणमा परी एक जना सर्वसाधारणको पनि मृत्यु भएको जनाइएको छ । नाइजरसँगको सीमानामा पर्ने मेनका क्षेत्रको इन्डेलिमानमा रहेको सैनिक कार्यालयमा आक्रमण भएको त्यहाँका सञ्चारमन्त्री याया सान्गारेले सामाजिक सञ्जाल ‘ट्विटर’ मार्फत् जानकारी दिएका छन् ।

‘अहिले अवस्था नियन्त्रणमै छ, शव संकलन गरेर पहिचान गर्ने काम भइरहेको छ’– उनले लेखेका छन् । आक्रमण र क्षतिको पूर्ण विवरण भने आइनसकेको उनले बताए । घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको अधिकारीहरुले जनाएका छन् ।

त्यस क्षेत्रमा अलकायदा आबद्ध जिहादीहरुको प्रभाव बढी रहेको मानिन्छ । फ्रान्स नेतृत्वको सैन्य अभियानले जिहादीविरुद्ध सुरक्षा कारबाही चलाएको थियो । तर, हिंसाको अन्त्य भने हुन सकेको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर