newskoseli.Com

विद्रोही आक्रमणमा मारिए जिल्ला प्रहरी प्रमुख

फाइल तस्बिर

अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको एक जिल्ला सदरमुकाममा बुधबार बिहानै तालिबान समूहले गरेको भीषण आक्रमणमा जिल्ला प्रहरी प्रमुख र तीन जना प्रहरी अधिकृत मारिएका छन् ।

चहर बोलाक जिल्लाका प्रहरी प्रमुख मेजर कलाउमुद्दीनको हत्या भएको प्रान्तीय सरकारका प्रवक्ता मुनिर अहमद फरहादले जानकारी दिएका छन् । फरहादका अनुसार तालिबान समूहले सदरमुकामका विभिन्न स्थानबाट बन्दुक र ग्रिनेडसहित बिहान करिव ४ बजे आक्रमण गरेका थिए ।

तालिबानविरुद्ध सुरक्षाफौजले जवाफी कारबाही गरेको फरहादले जानकारी दिए । यस क्रममा केही सुरक्षाकर्मी घाइते भएका छन् । अफगान फौजको कारबाहीमा धेरै तालिबान बिद्रोहीको मृत्यु भएको अनुमान गरिएको छ । सामान्यतया शान्तिपूर्ण रहेको उत्तरी विकट हिमाली यस प्रान्तमा पछिल्लो समय तालिबान आक्रमण बढेको छ ।

खासगरी अफगान सुरक्षाफौजले विद्रोहीविरुद्ध कारबाही तीब्र बनाउन थालेपछि हिंसात्मक घटना बढेको अधिकारकर्मीहरुको भनाइ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर