newskoseli.Com

उपचुनाव सहजै जित्ने डिपी ढकालको दावी (भिडियोसहित)

भक्तपुर– १ (क) मा हुन गइरहेको प्रदेशसभाको उपचुनावमा नेकपाबाट उम्मेदवारी दर्ता गराएका डिपी ढकालले आफू सहजै विजयी हुने दावी गरेका छन् । नेकपाको जिल्ला सचिवका रुपमा क्रियाशील युवानेता ढकाल चर्चित लेखक र बुद्धिजीवी समेत हुन् ।

कमलविनायकस्थित निर्वाचन परिचालन समितिको कार्यालयमा शुक्रबार न्युजकोसेलीसँग कुरा गर्दै युवानेता ढकालले सो निर्वाचन क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने तर विगतका मत आँकडा, तथ्य र तथ्यांकका आधारमा आफूले सहजै जित्ने दावी गरेका हुन् । अरु उम्मेदवारले जित्दा ‘ब्याकबेन्चर’ बनेर थपडी मार्ने र नियमापत्ति गर्ने बाहेक कुनै भूमिका नहुने तर आफूले जित्दा जिल्ला र क्षेत्रका निम्ति अनगिन्ती कामहरु गर्न सक्ने वर्तमान राजनीतिक सन्दर्भमा आफूले नजित्ने कुनै पनि आधार नदेखिएको उनले बताए ।

प्रदेश तथा केन्द्रीय सरकारका साथै सबैजसो स्थानीय निकाय समेतमा नेकपाकै सरकार क्रियाशील रहेको वर्तमान परिवेशमा अरुले जिते एउटा विरोधी र गनगन गर्ने पात्र मात्रै थपिने तर आफूले जित्दा जनताका आवाज सिंहदरबार एवं प्रदेश सरकारसम्म पुर्‍याउने अनि त्यताबाट विकासका योजना र कार्यक्रम जनताको हातसम्म ल्याउने भरपर्दो जनसेवक जनताले पाउने कुरा मतदाताले राम्रैसँग बुझेकाे दावी उनले गरेका छन् ।

भिडियोमा हेर्नोस् नेकपाका उम्मेदवार डिपी ढकालको अन्तर्वार्ता–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर