newskoseli.Com

नेपाली विज्ञापन बजार २० अर्बभन्दा माथि पुग्ने : ‘क्लीन फिड’ को प्रभाव

‘क्लीन फिड’ लागू हुने गरी कार्यान्वयनमा आएको विज्ञापन (नियमन गर्ने) ऐनका कारण नेपालको विज्ञापन बजार १० अर्बबाट २० अर्बभन्दा माथि पुग्ने भएको छ ।

सो ऐन राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएपछि विज्ञापन एजेन्सीहरु खुशी भएका छन् भने नेपालको विज्ञापन बजारमा नयाँ तरङ्ग छाएको छ । विगत धेरै वर्षदेखि नेपाली मिडिया र विज्ञापन उद्योगहरुले नेपाल सरकारसँग ‘क्लीन फिड’ नीति लागू गर्न माग गर्दै आएका थिए ।

यो ऐन कार्यान्वयनमा आएसँगै पैसा तिरेर अन्य मुलुकको विज्ञापन हेर्नुपर्ने बाध्यकारी व्यवस्थाको अन्त्य भएको भन्दै नेपाल विज्ञापन संघले खुशी प्रकट गरेको छ । नेपालमा टिभी विज्ञापनमध्ये ७० प्रतिशत विज्ञपान भारतका बहुराष्ट्रिय कम्पनीद्वारा सिर्जित छन् । स्वीकृति प्राप्त झन्डै डेढ सय विदेशी च्यानलमध्ये १ सयभन्दा बढी ‘पे च्यानल’ रहेको खबर बुधबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर