newskoseli.Com

उपभोक्ता ठग्दै अकुत अवैध सम्पत्ति कमाएका १३ विरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

निर्माण सामग्री, गिट्टी, ढुङ्गा, बालुवा र इँटा डिपो सञ्चालनका नाममा अवैध तथा अकुत सम्पत्ति कमाएको अभियोगमा १३ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको छ ।

घर तथा भवन निर्माण सामग्रीहरू मापदण्डभन्दा कम तौलको पठाई सर्वसाधारणलाई ठगी गरेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले कात्तिक १ मा काठमाडौंका विभिन्न स्थानबाट २३ वटा सवारी, १३ सञ्चालक र २३ जना सवारी चालकलाई पक्राउ गरेको थियो । एउटा मिनीट्रकमा सय क्युफिट मापदण्ड अनुसारको निर्माण सामग्री पठाउनु पर्नेमा डिपो सञ्चालकहरूले ८२ क्युफिट मात्र पठाउने गरेको उजुरीका आधारमा ठगी मुद्दाका अतिरिक्त सम्पत्ति शुद्धीकरणमा अनुसन्धान समेत सुरु गरिएको हो ।

अपराध महाशाखाका अनुसार डिपो सञ्चालकहरू पञ्चेश्वर स्वयम्भुका प्रमुख महेश्वर श्रेष्ठ, रन्जित एन्ड रन्जितका रन्जित थापा, धनेश्वर महादेवका सन्तोष कुँवर, खाँडादेवीका प्रकाश भण्डारी र कामनाका बद्री गिरी, शुभकामनाका सञ्चालक सुरेन्द्र केसी, महालक्ष्मीका लक्ष्मण श्रेष्ठ, बज्रका वीरेन्द्र कुइँकेल, गरिमाजका श्याम मगर, जेबीएसका सन्देश लामा र माधव पण्डितविरुद्ध सम्पत्ति छानबिनका लागि अनुसन्धान सुरु गर्नुका साथै थप कानुनी प्रक्रिया अगाडि बढाइएको महाशाखा प्रमुख सहकुल थापाले बताएको खबर बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर