newskoseli.Com

चैत १५ देखि युरो– ६ पेट्रोल बिक्री हुँदै : इन्जिनको क्षमता बढ्ने, प्रदूषण घट्ने

नेपालमा चैतदेखि युरो– ६ मापदण्डको पेट्रोलियम पदार्थ बिक्री गरिने भएको छ । चैत १५ देखि युरो– ६ मापदण्डको पेट्रोलियम पदार्थ ल्याइने नेपाल आयल निगमले जनाएको छ । भारतमा अप्रिल (चैत) देखि युरो– ६ लागू हुने भएपछि नेपालमा पनि स्वाभाविक रूपमा लागू हुनेछ ।

भारतबाट युरो– ४ विस्थापित भएपछि नेपालले युरो– ४ खरिद गर्न नसक्ने निगमको भनाइ छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार भारतीय आयल कर्पोरेसनले अप्रिल फर्स्टबाट युरो– ६ मापदण्डको पेट्रोलियम पदार्थ पठाउने तयारी थालेको छ । निगमले नेपालमा उच्च गुणस्तरको युरो– ६ पेट्रोल आयात गर्न खुला गरिसकेको छ । हालसम्म युरो– ४ बिक्री गर्दै आएको निगमले ठूला ग्राहक (बल्क कस्टमर) का लागि युरो– ६ पेट्रोल ल्याउन खुल्ला गरेको हो । प्रवक्ता गोइत भन्छन्– ‘आगामी चैतदेखि सबैका लागि युरो– ६ नै बिक्री गरिने छ ।’

सेवाग्राहीले उच्च गुणस्तरको पेट्रोल ल्याउन चाहेमा हाल ल्याउन सक्ने गोइतले जानकारी दिए । युरो– ६ मापदण्डको पेट्रोलको माग आइरहेको छ । निगमका अनुसार युरो– ६ पेट्रोलले गाडीको इन्जिन क्षमता बढाउनुका साथै वातावरण प्रदूषण समेत कम हुनेछ । त्यस्तो पेट्रोलमा सल्फरको मात्रा १० पीपीएम मात्रै हुन्छ । अहिले बिक्री भइरहेको पेट्रोलमा ५० पीपीएम मिसिने प्रवक्ता गोइतको भनाइ रहेको खबर बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर