newskoseli.Com

१५९ प्रतिशत बढ्यो विदेशी लगानी

गत आर्थिक वर्षमा तुलनात्मक रूपमा नेपालमा कम विदेशी लगानी भित्रिएको थियो । तर, चालू आर्थिक वर्षमा भने विदेशी लगानी भित्रने प्रवृत्तिमा व्यापक सुधार देखिएको छ ।

लगानी रकमका हिसाबले चालू आ.व. को तीन महिनाभित्रै नेपालले करिव चार अर्ब रुपैयाँ भित्र्याएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको पहिलो त्रैमासको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो रकम अघिल्लो आ.व. को सोही अवधिको तुलनामा १५८.७ प्रतिशतले बढी हो ।

गत आ.व. को समीक्षा अवधिसम्म नेपालले १ अर्ब ५४ करोड ३२ लाख रुपैयाँ विदेशी लगानी प्राप्त गरेको थियो । गत आर्थिक वर्षभर नेपालले कूल १३ अर्ब ७ करोड रुपैयाँ विदेशी लगानी भित्र्याएको थियो, जुन त्यसअघिको आ.व. २०७४–७५ को तुलनामा ७४.६ प्रतिशतले कम थियो ।

विदेशी लगानीमा भएको गिरावटको प्रवृत्तिमा सुधार गर्दै समीक्षा अवधिमा साढे दुई गुणाभन्दा बढी लगानी नेपाल भित्रिएको खबर शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर