newskoseli.Com

६.४ म्याग्निच्युडको भूकम्प : ४ को मृत्यु, १५० घाइते

अल्बानियामा मङ्गलबार बिहान आएको भूकम्पमा परी कम्तिमा चार जनाको मृत्यु भएको छ । भूकम्पका कारण १ सय ५० जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । उक्त भूकम्प ६.४ म्याग्निच्युडको भएको जनाइएको छ ।

मृत्यु भएकामध्ये एक जनाले कुरबिनस्थित एक घरको पाँच तला माथिबाट हामफालेको एक सैन्य अधिकारीले बताएका छन् । अर्का एक महिला र एक पुरुषको शव देशको राजधानी तिरानको उत्तरी क्षेत्रमा पर्ने थुमानमा भेटिएको थियो । घाइते भएकाहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको स्वास्थ्य मन्त्री ओगेर्टा मानास्तेर्लिले जानकारी दिए । उनीहरुको राजधानी तिरान र अर्को डुर्रेसमा उपचार भइरहेको छ ।

घटनास्थलमा खोजी तथा उद्धारको काम भइरहेकाले मृत्यु हुने र घाइते हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

अपडेटः

मृतकहरूकाे संख्या १३ पुगेकाे खबर पछिल्लाे अपडेटमा प्राप्त भएकाे छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर