newskoseli.Com

हेलिकप्टर दुर्घटनामा १३ सैनिकको मृत्यु

मालीमा भएको हेलिकप्टर दुर्घटनामा परी कम्तिमा १३ फ्रान्सेली सैनिकको मृत्यु भएको मालीका सुरक्षा अधिकारीले मङ्गलबार जनाएका छन् । अफ्रिकी मुलुक मालीको तनावग्रस्त उत्तरी क्षेत्रमा विद्रोहीविरूद्धको कारबाहीमा प्रयोग गरिएका दुई हेलिकप्टर एक आपसमा ठोक्किँदा सोमबार १३ सैनिकको मृत्यु भएको हो ।

फ्रान्सले यस घटनालाई विगत चार दशकमा आफ्ना सैनिकहरूको एउटै घटनामा भएको सबैभन्दा ठूलो क्षति भनेको छ । मालीको लिप्ताको क्षेत्रमा विद्रोहीविरूद्धको स्थल सेनालाई सघाउन पुगेका हेलिकप्टर बुर्किना फासो र नाइजरको सीमा नजिकै मालीमा दुर्घटनाग्रस्त भएको फ्रान्सको रक्षा मन्त्रालयले जनाएको छ । मालीमा सरकारविरूद्ध सङ्घर्षरत स्लामिक विद्रोहीले पछिल्लो समय सैनिकका बाहिरी अखडाहरूलाई लक्षित गरी आक्रमण सशक्त पारेको थियो ।

विद्रोहीहरू जमिनमा मोटरसाइकल र ट्रकमा चढेर भागिरहेको समय सेनाका लागि बन्दोवस्तीका सामान र खाद्यान्न बोकेको एक हेलिकप्टर कोउगर र लडाकु हेलिकप्टर टाइगर एकआपसमा जुध्दा सेनाको मृत्यु भएको मन्त्रालयले बताएको छ । दुर्घटनामा भएको क्षतिबाट पाठ सिक्दै फ्रान्सको नेतृत्वमा रहेका गठबन्धन सेनाले आगामी हप्ताहरूमा साहेल क्षेत्रमा स्लामिक विद्रोहीविरूद्धको आक्रमणलाई थप सशक्त पार्ने राष्ट्रपति इम्यानुएल म्याक्रोले बताए । दुर्घटनापछि माली, चाड र नाइजरका राष्ट्रपतिहरूसँग फ्रान्सको एलिसी दरबारमा म्याक्रोले भेटवार्ता गरेपछि उक्त कुरा बताएका हुन् ।

मालीसहित चार पश्चिमी अफ्रिकी मुलुकमा फ्रान्सले ४ हजार ५ सय ‘बार्खाने’ बल प्रयोग गरी स्लामिक विद्रोहीको सशस्त्र आक्रमणलाई अभियानका रूपमा निस्तेज पार्दै आएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर