newskoseli.Com

शंकाको घेरामा १८ वटा बैंक !

विभिन्न बैंकमा खाता रहेका व्यक्तिको कागजात चोरी गरी नक्कली चेक बनाएर हस्ताक्षर समेत उस्तै नै कायम गरी पैसा चोर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेपछि सो प्रकरणमा बैंकका कर्मचरीमाथि समेत अनुसन्धान हुने भएको छ ।

बैंकका तर्फबाट पैसा चोरी भएका खातावालाको गुनासोपछि रकम चोरी गर्ने समूहलाई नै प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी उत्तमराज सुवेदीले बताए । प्रहरीका अनुसार वास्तविक खातावालको नागरिकता सहित सक्कली कागजात चोरी गरेर चेकबुक हराएको भन्दै नयाँ चेकबुक बनाएर हस्ताक्षर समेत चोरी गरेर पनि बैंकबाट पैसा चोरी भएको हो ।

पैसा चोरी भएको विषयमा जनता बैंक, एनआईसी एशिया तथा मुक्तिनाथ विकास बैंकका कर्मचरी समेतलाई अनुसन्धानको दायरामा ल्याइएको उनले बताए । १८ वटा बैंकलाई प्रहरीले शंकाको घेरामा राखेको खबर बिहीबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर