newskoseli.Com

सरकारी च्यानलबाटै चर्चको ‘लगानी’ : १६ जिल्लामा ७२ करोड !

डेनमार्कको एक चर्चको संयोजनमा काठमाडौं उपत्यकासहित १६ जिल्लामा जलवायु परिवर्तन अनुकूल निर्माण सामग्री उत्पादनका लागि ७२ करोड लगानी हुन लागेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण कार्यकारी समितिको १२२औं बैठकले डनचर्च एड नामक संस्थाको निजी आवास निर्माणमा जलवायु परिवर्तन अनुकूल निर्माण सामग्रीको उत्पादन र उपभोग गर्ने तथा बढाउनेसम्बन्धी प्रस्ताव पारित गरेको हो ।

परियोजनाको अवधि २४ डिसेम्बर, २०२० सम्म तोकिएको छ । परियोजना काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, लमजुङ, गोरखा, तनहुँमा कार्यान्वयन हुनेछ । यस्तै, कास्की, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, चितवन, नवलपरासी, पाल्पा र गुल्मीमा परियोजना कार्यान्वयन हुने प्राधिकरणको निर्णयमा उल्लेख रहेको खबर टेनिस रोकाको बाइलाइनमा शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर