newskoseli.Com

‘ठूला’ देश जान खोज्ने शिक्षितहरु नै ठूलो रकम ठगीमा

वैदेशिक रोजगारीका नाममा अमेरिका, क्यानडा र अष्ट्रेलियाजस्ता ‘ठूला’ देश जान खोज्ने शिक्षित मानिस नै ठूलो रकमको ठगीमा पर्ने गरेको देखिएको छ ।

गत महिना वैदेशिक रोजगार विभागमा आएका १ सय २ मध्ये १५ वटा उजुरीले ‘ठूला’ देश जान लागेका पढेलेखेका नेपालीहरु नै धेरै ठगिने गरेको देखाउँछ ।

क्यानडा, अष्ट्रेलिया, पोल्याण्ड, मकाउ, स्पेन, चेक रिपब्लिक र दक्षिण अफ्रिकालगायतका ‘धेरै आम्दानी हुने’ देशमा लैजाने भन्दै आफूहरू ठगीमा परेको उजुरी विभागमा आएको विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले जानकारी दिएको खबर गोपाल संग्रौलाको बाइलाइनमा मंगलबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर