newskoseli.Com

ग्लोबल आईएमई अब नेपालकै सबभन्दा ठूलो वाणिज्य बैंक

जनता बैंकसँग एकीकृत कारोबार सुरु गरेपछि ग्लोबल आईएमई बैंक देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । यसको निक्षेप २ खर्ब १३ अर्ब रुपैयाँभन्दा धेरै र पुँजी २४ अर्ब रुपैयाँ पुगेको छ ।

अरु कुनै पनि वाणिज्य बैंकसँग यति ठूलो निक्षेप र पुँजी छैन । जनतासँग शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेपछि ग्लोबल आईएमई पुँजी, निक्षेप, कर्जा परिचालन, शाखा र ग्राहकका हिसाबले सबैभन्दा ठूलो बैंक भएको खबर दिलिप पौडेलको बाइलाइनमा शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर