newskoseli.Com

सांसददेखि सभामुखसम्मले बुझिरहेछन् अवैध तलबभत्ता

प्रदेश– २ मा सांसददेखि सभामुखसम्मले निजी सचिवालयको तलब–भत्ता आफ्नै व्यक्तिगत खातामार्फत बुझ्दै आएका छन् । सभामुख, उपसभामुख, मुख्य सचेतक, प्रमुख प्रतिपक्षी दलका नेता र प्रदेशसभा सदस्यले निजी खातामार्फत तलब बुझेका हुन् ।

यो विषय गैरकानुनी हो भन्ने उच्चपदस्थ पदाधिकारीलाई थाहा हुँदाहुँदै पनि सरोकारवला निकायले ध्यान नदिँदा तलब–भत्ता बुझ्न नरोकिएको हो । प्रदेशभरि वित्तीय अनुशासन कायम गर्नुपर्ने निकायका प्रमुख पदाधिकारीले नै अनुशासनहीन व्यवहार प्रदर्शन गर्दै कर्मचारीको तलब व्यक्तिगत खातामा बुझ्ने गरेका छन् ।

प्रदेशसभा गठनपछि राष्ट्रिय जनता पार्टी नेपालका सरोजकुमार यादव सभामुख र समाजवादी पार्टीकी उपमा देव उपसभामुखमा चयन भए । उनीहरूले निजी सचिवालय निर्माण गरी कर्मचारीका नाममा मात्र भर्पाई पेस गरेर प्रदेशसभा सचिवालयमार्फत लाखौं रकम व्यक्तिगत खातामा बुझेको सचिवालयले जनाएको खबर सुजीतकुमार झाको बाइलाइनमा मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर