newskoseli.Com

यी हुन् विश्वकै कान्छी प्रधानमन्त्री : कम उमेरका अरु को–को प्रधानन्त्री ?

३४ वर्षीया सान्ना मरिन विश्वकै सबभन्दा कम उमेरकी प्रधानमन्त्री चयन भएकी छन् । प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोसल डेमोक्रयाटिक पार्टीले मरिनलाई फिनल्याण्ड सरकारको नेतृत्व गर्न प्रधानमन्त्री चयन गरेको हो ।

जुन महिनायता यातायात तथा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएकी उनले मंगलबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ लिएपछि मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बनेकी छन् । युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुकको उमेर हाल ३५ वर्ष भयो भने न्युजील्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्न ३९ वर्ष पुगिन् ।

फिनल्याण्डको गठबन्धन सरकारमा सहभागी ५ वटै दलको नेतृत्व महिलाले नै गरेका छन् र तीमध्ये ४ वटा दलका नेतृ ३५ वर्षभन्दा कम उमेरकै छन् । हुलाक सेवामा भएको हडतालको विषयमा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री आन्ती रिन्नेले राजीनामा दिएसँगै त्यहाँको संसदले नयाँ प्रधानमन्त्री चुनेको हो ।

‘नवीन काममार्फत जनताको विश्वास जित्न क्रियाशील रहने’ सान्नाले बताएकी छन् । उनको उमेरबारे सञ्चारकर्मीहरुले प्रश्न सोध्दा उनी मुस्कुराइन मात्र अनि भनिन्– ‘मैले मेरो उमेर वा लिंगबारे कहिल्यै केही सोचेकी छैन ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर