newskoseli.Com

कूल वैदेशिक लगानीमध्ये ८० प्रतिशतभन्दा बढी चीनको !

नेपालमा विदेशी लगानीको प्रतिबद्धतामा चीनको वर्चश्व कायम रहेको छ । उद्योग विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७५/७६ मा साउनदेखि मंसिरसम्म आएको वैदेशिक लगानीको प्रतिबद्धतामध्ये सबैभन्दा बढी चीनबाट आएको छ । नेपालमा आएको विगत ५ महिनाको कूल लगानीको ८० प्रतिशतभन्दा बढीमा चिनियाँ लगानीकर्ताले प्रतिबद्धता जनाएका छन् ।

यस अवधिमा उद्योग विभागमा दर्ता भएका १ सय २५ वटा कम्पनीमार्फत कूल १९ अर्ब ४२ करोड ५० लाख, ३८ हजार ४ सय रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको छ, जसमध्ये चीनबाट मात्रै १ सय ४ वटा कम्पनीमार्फत १५ अर्ब २६ करोड ४० लाख ३० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

त्यसैगरी, अस्ट्रेलियाबाट ५ करोड, बंगलादेशबाट १५ करोड, फ्रान्सबाट २५ करोड, भारतबाट २ अर्ब ४० करोड, जापानबाट १० करोड, बेलायतबाट २१ करोड, पाकिस्तानबाट १० करोड र मलेसियाबाट ५ करोड वैदेशिक लगानीको प्रतिबद्धता आएको खबर बिहीबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर