newskoseli.Com

१४० रुपैयाँमा झर्‍यो प्याजको भाऊ, चीनबाट आउँदा बजारमा प्रभाव

केही दिन यतादेखि चिनियाँ प्याजले उपत्यकावासीको माग धान्न थालेको छ । भारतबाट आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो ।

भारतले असोजमै प्याज विदेश निर्यातमा रोक लगाउने नीति लिएसँगै भारतीय व्यापारीहरूले गैरकानुनी बाटोबाट प्याज नेपालमा भित्र्याउँदै आएका थिए  । नेपालमा गैरकानुनी रूपमा प्याज निर्यात गरेको भन्दै भारतीय सरकारले व्यापारीलाई नै कारबाही गरेपछि भारतबाट प्याज आउन छाडेको छ ।

यो सातादेखि भने चीनले उपत्यकावासीको प्याजको माग धानेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा अहिले दैनिक ४०–४५ टन प्याज चीनबाट भित्रन थालेको छ । अघिल्लो सातासम्म भारतबाट दैनिक ४५–५० टन प्याज आएकामा अहिले चीनबाट आएको छ र भाउ पनि केही सस्तो भएको छ  ।

समितिका अनुसार भारतको प्याज आउँदासम्म प्रतिकेजी १८० रुपियाँमा कारोबार भएको प्याज अहिले चीनबाट आउन थालेपछि भने १४० रुपियाँमा झरेको खबर शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर